बलिउड अभिनेत्री दीपिका पादुकोणको एउटा तस्बिरले अहिले सामाजिक सञ्जाल व्यापक चर्चामा छ। तलदेखि माथिसम्म सेतो परिहन लगाएको तस्बिर दीपिकाले इस्टाग्राममा सार्वजनिक गरेकी हुन्। तस्बिर उनी सोफामा बसेर पोज दिइरहेकी देखिन्छन्।
उनले इस्टाग्राममा त्यो तस्बिर राखेपछि भारतीय बाबुआमा आफ्नी छोरीलाई यस्तो लुगामा देख्न नचाहने भन्दै कतिले उनको आलोचना गरेका छन्। कतिले उनलाई चेतावनी दिएका छन् कि उनी आफू भारतीय हुँ भन्ने नबिर्सिऊन्। केहीले भने दीपिकालाई समर्थन पनि गरेका छन्।
दीपिका स्वंयले भने यस विषयमा केही प्रतिक्रिया जनाएकी छैनन्। बरु उनले नयाँ तस्बिर इस्टाग्राममा पोस्ट गरेकी छन्। सो तस्बिरबारे पनि फेरि सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्चा सुरु गरेका छन्। केहीले ट्रोल बनाएर उनलाई पठाएका छन्।