Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati विचार
Subscribe Setopati
मंगलबार, चैत १०, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

ओशो!

Royal Enfield
Royal Enfield
नवराज पराजुली

नवराज पराजुली

चैत २१
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

आकाशमा भैंसीको थुनजसरी बादल पग्रिएको थियो। भर्खरै एक साथीसँग मेरो भेट भएको थियो।

विषयको थुन समातेर उहाँले एक सिर्का कुरा दुहुँदै भन्नुभयो— ओशोले आफ्नो प्रवचनमा एक खालको कुरा भन्दा रहेछन्। अनि उनका आश्रममा अरू नै खालका काम हुने रहेछन्। धेरै पढेपछि मैले थाहा पाएँ कि ओशो त ढोँगी रहेछन्।

त्यो उहाँले ओशोमाथि बोल्नुभएको पहिलो वाक्य थियो।

त्यो वाक्यको अन्तिम पदमा उहाँले भन्नुभयो—…धेरै पढेपछि मैले थाहा पाएँ कि ओशो त ढोँगी रहेछन्।

त्यसपछि पनि उहाँ बोलिरहनुभयो। मैले उहाँलाई अखण्ड सुनिरहेँ।

मलाई लाग्छ— सुन्दर बोल्नुभन्दा सुन्दर सुन्नु सुन्दरतर प्रस्तुती हो।

सुन्नुको बारेमा सबभन्दा पहिले मैले ओशोबाटै सुनेको हुँ।

उहाँले एउटा प्रवचनमा भन्नुभएको छ— मैले शब्दमा के भनेको छु त्यो नसुन्नू। ती शब्दहरूको बीचमा जे भनेको छैन त्यो सुन्नू।

मैले ओशोबाट मौनता सुन्न सिकेको हुँ।

Ncell
Ncell

ती साथीले ओशो विषयको थुन समातेर पूरै एक थुन कुरा दुहेर सक्नुभयो। उहाँले दुहेको हरेक थोपाले यही व्याख्या गरिरहेको थियो—…ओशो त ढोँगी रहेछन्।

उहाँको कुराको स्वाद मलाई नमिठो लाग्यो।

मलाई उहाँलाई भन्न मन लाग्यो, 'ओशोले जीवनभरि प्रेममाथि बोल्नुभयो। ध्यान र सत्यमाथि बोल्नुभयो। उहाँले बोलेका ती लाखौं लदबदाउँदा वाक्यको रस तपाईंको जिब्रोमा कतै अडिएन? ती लाखौं वाक्य बोल्दा उहाँले नबोलेको मौनताको रस तपाईंको जिब्रोमा कतै अडिएन? आनन्दमाथि उहाँले दिनुभएका तमाम अभिव्यक्ति र ती कुरा अभिव्यक्त गरिरहँदा उहाँको स्वरमा जुन आनन्द लतपतिरहेको सुन्न सकिन्छ, त्यसको एक छिटा पनि तपाईंको जिब्रोमा अडिएन? साथी, मस्तिष्कको कुन निरस थुन समातेर तपाईंले ओशोमाथि बोल्दै भन्नुभयो ओशो त ढोँगी रहेछन्? ओशोबारे यस्तो बोलिरहँदा तपाईंको मस्तिष्कलाई मालिस भइरहन्छ हो?'

मलाई लाग्छ— मस्तिष्कको ज्यादा मालिस गर्नु हृदयको स्वास्थ्यका लागि हानिकारक हुन्छ।

साथी, एकैछिनलाई मैले मानिदिएँ कि ओशो साँच्चै नै ढोँगी हुनुहुन्थ्यो। तर तपाईंको चेतनाका लागि यो कुन चाहिँ ठूलो उपलब्धि भयो? यो जगतमा मान्छे ढोँगी छन् भन्ने पत्तो लगाउन तपाईंले ओशो सुन्ने दुःख गरिरहनै पर्दैन थियो नि! वरपर जतै हेर्नुभएको भए पनि भइहाल्थ्यो नि! मलाई नि हेर्नुभएको भए हुन्थ्यो। सायद आफैंलाई हेर्नुभएको भए हुन्थ्यो होला।

ओशो सम्झिँदा यदि तपाईं एउटा तार्किक ढोँगी मान्छे मात्रै सम्झिनुहुन्छ भने त आनन्दका हजारौं थुनबाट झरेको रसबाट तपाईं छुट्नुभयो।

यदि तपाईंको जिब्रो तर्क मात्रै खाएर बाँचिरहेको छ भने जिब्रोमाथि अन्याय भयो यार!

अरूमाथि भएको अन्याय त जिब्रोले बोल्ला तर आफैंमाथि भएको अन्यायबारे बोल्न जिब्रोले अप्ठ्यारो मान्यो कि?

तर मैले मेरो मनले मलाई भन्न चाहेका यी कुनै कुरा मेरो जिब्रोलाई बोल्न दिइनँ। छोटो आयु लिएरै भए पनि मेरो मस्तिष्कमा एउटा संशय जन्मियो।

मभित्रको संशयले मलाई भन्यो— नवराज, अरूको कुरा सुन्दर तरिकाले सुन्नु सुन्दर कुरा हो। तर त्यो पूरा छैन। त्यो पूरा हुन अरूको कुरालाई सम्मान पनि गर्नुपर्छ। तँ ओशोलाई प्रेम गर्छस् भन्दैमा अरूले ओशोमाथि फरक मत राख्नै नपाउनू? अनि फरक मत राख्दा तँ उनीहरू अपूर्ण भएको भाषण दिने? सचेत मान्छेले आलोचनात्मक दृष्टि राख्छन्। तैंले तेरो भावना अरूमा लाद्न मिल्दैन। के थाहा तैंले जसरी जीवनलाई प्रेम र आनन्दको नजरबाट हेर्ने हुँदा कसैमाथि अन्याय पो भएको छ कि! के थाहा समाजमा धेरै मान्छेलाई प्रभाव पार्ने व्यक्ति र तिनका विचारलाई उहाँजस्तै मान्छेहरूको आलोचनात्मक दृष्टिले गर्दा समाजमा न्याय बाँचिरहेको पो छ कि?

मैले यो पनि उहाँलाई भनिनँ। अरूअरू कुरा भए र हामी छुट्टियौं।

तर बाटोभरि यो भावले मलाई छोडेन। मोटरसाइकलमा गुडिरहँदा मसँग ठोक्किने हावासँग बात मारिरहेँ।

हावाः तँ किन ओशोलाई यति प्रेम गर्छस्?

मः खै, थाहा छैन। ठ्याक्कै किन प्रेम गर्छु थाहा नपाउनु तर थाहा पाउन मन लागिरहनु, प्रेममा हुनु भनेको यही होला। ओशोलाई मैले यति धेरै सुन्दा उहाँका कुरा दोहोरिएको सुनेको छैन। मलाई यसरी उहाँका कुरा नसकिनुसँग प्रेम छ होला। म उहाँलाई जति पनि सुन्न सक्छु। आनन्दले। कुनै मान्छेको कुरा जति सुने पनि आनन्द आइरहन्छ तर कुरा सकिँदैन। प्रेममा हुनु भनेको त्यही होला।

कुनै मान्छेलाई जति कुरा पनि आनन्दले सुनाउन सकिन्छ तर कुरा सकिँदैन, प्रेममा हुनु भनेको त्यही होला। 

मैले ओशोलाई गर्ने प्रेम त्यही प्रजातिको हो।

हावाः संन्यास किन नलिएको? ओशोको माला छैन त घाँटीमा?

मः मलाई ओशोको प्रवचन सुनेर वा उहाँले बताउनुभएको विधि पछ्याएर मोक्ष प्राप्तिको अभीप्सा छैन। मेरो चेतनाले मलाई उहाँलाई यसरी नै प्रेम गर्न अह्रायो। म यो प्रेमलाई केही प्राप्तिको दबाब दिन चाहन्नँ। यो प्रेममा यसरी हुनु नै मलाई हाललाई पर्याप्त छ।

तर जब ओशोको मालाधारी ओशो-संन्यासीलाई देख्छु तब एउटा न्यानो आभाष हुन्छ। कहिलेकाहीँ साथीहरू मिलेर एउटा स्वादिलो परिकार सँगै खाँदा त्यो परिकारको स्वादसँग सम्बन्धले पनि एउटा स्वाद पाउँछ। ओशो-संन्यासीहरूलाई देख्दा मलाई लाग्छ कि ओशोको ऊर्जामा जुन दिव्य आनन्द छ, त्यो आनन्दले बनेको परिकार उहाँले खानुभएको छ। मैले आफ्नै तरिकाले ओशोको आनन्दको स्वाद पाएको छु। हामीसँग हृदयले एउटै स्वाद थाहा भएको सम्बन्ध छ। त्यति नै हो।

हावाः अनि तँलाई ओशोबाट के चाहिएको हो?

म: ठ्याक्कै त त्यो पनि थाहा छैन। तर के चाहिएको होइन भन्ने थाहा छ। मलाई ओशोले भनेका महान वाणीहरू कण्ठस्थ पारेर 'ओशोले यसो भनेका थिए, उसो भनेका थिए' भन्ने तर्क दिँदै कसैसँग वादविवाद प्रतियोगिता जित्नु छैन।

म एकदमै खुसी भएका बेला ओशोलाई सुन्छु। दुखी भएका बेला ओशोलाई सुन्छु। सुख र दुःखले पट्यार लागेपछि ओशोलाई सुन्छु। ओशोको बोली सुन्दा मेरो शरीरमा एक किसिमको झंकार पैदा हुन्छ। एक खालको तरंग।

होला, सुरूसुरूमा मलाई उहाँले दिएका अद्भूत तर्कहरूले आनन्द दिन्छन् होला। ती तर्कहरूले मेरो मस्तिष्कको मालिस गर्छन् होला।

तर मलाई आभाष छ— मस्तिष्कको ज्यादा मालिस हृदयको स्वास्थ्यका लागि हानिकारक हुन्छ।

म ओशोले बोलेको एउटै प्रवचन बारबार सुनिरहन्छु तर त्यही आनन्द पाइरहन्छु। केहीपटक सुनिसकेपछि उहाँले 'के' बोल्नुभयो भन्ने कुराले विस्तारै अर्थ राख्न छोड्छ। विषयवस्तु गौण हुन्छ। तर्क गौण हुन्छ। यो कुराले अर्थ राख्छ कि उहाँले त्यो कुरा आनन्दको कुन थुनबाट दुहिरहनुभएको छ। ओशोले बोल्दा जुन आनन्दका साथ बोल्नुहुन्छ त्यो आनन्दको स्रोत त छ नि! हो, ओशोलाई सुनिरहँदा मलाई त्यो स्रोतसँग जोडिएको आभाष हुन्छ। अनि स्रोतमा त अपार आनन्द छ। त्यो स्रोतको आनन्द त ओशोको बोलीमा अटाउँदैन। तर्कमा अटाउँदैन। किनकि आनन्द त तर्कातीत हुन्छ।

उदाहरणका लागि, झापातिर ट्युबवेल (कल पनि भन्छन्) हुन्थ्यो। हुन्छ। म हिउँदको बिहान उठेर त्यो कल पेल्थेँ। तर पानी आउँदैन थियो। एक थोपै आउँदैन थियो। बाहिरबाट हेर्दा कलसँग एक थोपा पनि पानी छैन भन्ने लाग्थ्यो। तर कलमा एक जग पानी हालेर पेल्न थालेपछि खलङलङ पानी आउँथ्यो। तर एक जग मात्रै पानी आउँदैन थियो। जति हालेको त्यति मात्रै आउँदैन थियो। त्यति पानी आउँथ्यो कि मेरो कल पेल्ने तागत सकिन्थ्यो तर पानी सकिँदैन थियो। किनकि त्यो एक जग पानीले पाइपको माध्यमबाट जमिनमुनिको अपार पानीसँग जोडिदिन्थ्यो। र, म जमिनमुनिको सबै पानीको मालिक हुन्थेँ।

मेरा लागि ओशो त्यही एक जग पानी हो जसले मलाई मभित्रको आनन्दको मालिक बनाइदिनुहुन्छ।

तर मेरो लागि ओशो मात्रै एक जग पानी चाहिँ होइन।

म आफूभित्रको आनन्दको मालिक त्यो बेला पनि हुन्छु जुन बेला मलाई मनपरेको गीत सुनिरहेको हुन्छु। जुन बेला आफूजस्तो साथीसँग सपनाको कुरा गरेर कुराहरूलाई निदाउन दिन्छु। र, निदाएका कुराहरूलाई छोइरहेको हुन्छु।

जति बेला कविता लेखिरहेको हुन्छु।

जति बेला कविता सुनाइरहेको हुन्छु।

जति बेला कविता आउँदै गरेको थाहा पाएर अधीर भएर पर्खिरहेको हुन्छु।

जति बेला कविता आफूमा आइसकेर उसलाई भाषा दिन ध्वनि खोज्दै छट्पटाइरहेको हुन्छु।

जति बेला अनुभूतिमा आएकी कवितालाई रूप दिन सक्छु।

अनुभूतिमा आएकी कवितालाई भाषाबाट जीवन दिनुको मद तुलनातीत छ। त्यस्तो बेला ओशोलाई सम्झिन्छु— आफ्नो हृदयमा एउटा कविता घट्नुको मद त यति व्याख्यातीत छ झन् उहाँको चेतनामा जे विराट घट्यो (भन्ने मानिन्छ) त्यसलाई भाषामा भन्न कति गाह्रो भयो होला। तर त्यो आनन्द यति दिव्य थियो होला कि उहाँलाई सबैसँग बाँड्न मन लाग्यो होला। र त्यो प्रसाद प्रवचनमा बाँड्न थाल्नुभयो होला। 

एकदिन ममा एउटा कविता घट्यो।

मैले त्यो भावलाई भाषाको रूप दिएपछि कविताको नाम 'मदिरा' राखेको थिएँ। यो कविता ओशोलाई सुनाउन पाए कति आनन्द आउँथ्यो होला जस्तो लागेको थियो।

प्रिय हावा, अन्त्यमा त्यही कविता तिमीलाई सुनाउँदै ओशोकै शैलीमा बिदा माग्छु—

'आजलाई यति नै

हरि ॐ तद्सत्'

मदिरा

न स्वर्गको आश न पृथ्वीको कुनै पदले मातूँ म
मद्दत गरूँ म दत्तचित्त भई, मद्दतले मातूँ म

बेहोस हुन किन मात्नु! के मात्नु बेहोसीमा!
हरदिन हरदम होसको हदले मातूँ म

मातेर म झुक्दा पनि यहाँ, उठोस् कसैको शिर
नमात्नु मातिसकेपछि इज्जतले मातूँ म

झुटको झिलीमिली त एक झट्कामा झर्छ
शाश्वत सनातन सृष्टिको सतले मातूँ म

भाङ धतुरोले नमातून् मेरो नसिबका शिव
पार्वती देखूँ पत्रपत्रमा, पर्वतले मातूँ म

मन्दिर हुँ म दिइरहूँ, म दिइ'रा बेला मदिरा हुँ
दिनुको, सिद्धिनुको मदले मातूँ म

केही नहुँदा पनि मसँग, 'नहुनु' भइरहोस्
कहिले त यति नहोस् कि, फुर्सदले मातूँ म

थाकेको हरेक यात्रीलाई दिन एक पंक्ति होस् मसँग
त्यो पंक्तिले यात्रामा दिने राहतले मातूँ म

म कमजोरलाई नजितूँ, मेरो कमजोरीलाई जितूँ
हरेक हारमा हरि पाउने हर्कतले मातूँ म

बाँसघारीको हावाको गीत, बाँसुरीमा बचाउन सकूँ
नमारी मूल मर्म, मर्मतले मातूँ म

केटाकेटीको हातमा लट्टाइ राखिदिऊँ
धागो लगेर तारामा बाँध्ने आदतले मातूँ म

कोही हाँस्ने कारण बनूँ, कोही रोए करूणा बनूँ
अरूलाई बचाउन यति खर्चूँ कि बचतले मातूँ म

मैले आर्जेको आजमा हिजोले रँजाइ नगरोस्
विगतलाई त्याग्न सक्ने तागतले मातूँ म

लोकमा नभेट्ने श्लोकमा भेटूँ, श्लोक हरेक थोकमा भेटूँ
शब्दको ध्वनिले धनी बनिरहूँ, गदगदले मातूँ म

जोसँग बोल्दा मन खुसी होस्, नबोल्दा मौन खुसी
त्यस्तो संगीसँगको संगतले मातूँ म

सर्वोच्च पिउँदै गर्दा पनि एक प्यास बाँकी रहोस्
सर्वदा साधनाको सर्बतले मातूँ म

स्वयंवर गरूँ म स्वयं मेरो, स्वयं गरूँ बिदाइ
त्यो ढोकामा, परम स्वयंको स्वागतले मातूँ म!!

(नवराज पराजुलीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)

ट्विटरः @Nawarajpoet

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०६:०२
सिफारिस
दशरथ रंगशाला र टिस्टुङ–पालुङको वियोग सम्झिँदा
दशरथ रंगशाला र टिस्टुङ–पालुङको वियोग सम्झिँदा
११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू?
११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू?
१४ वर्षीया बालिकालाई बेपत्ता बनाएको उजुरी, बालिका र आफन्तलाई खोज्दै प्रहरी
१४ वर्षीया बालिकालाई बेपत्ता बनाएको उजुरी, बालिका र आफन्तलाई खोज्दै प्रहरी
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

विचार

सबै तस्बिर स्रोत: डा. अर्चना श्रेष्ठ
दशरथ रंगशाला र टिस्टुङ–पालुङको वियोग सम्झिँदा
अब सार्वजनिक सेवा लाइनमा होइन, अनलाइनमा!
भविष्यमा नेपालले तय गर्न सक्ने आर्थिक समृद्धिको यात्रा!
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल?
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर?
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ?
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP