ऊर्जामन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर– १ को जारी मतगणनामा ६२४५ मतले पछाडि परेका छन्।
पछिल्लो मतपरिणामअनुसार थापाले ३१९३० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। वाम गठबन्धन तर्फबाट एमालेका कृष्णप्रसाद दाहालले ३८१७५ मत ल्याएर उनलाई उछिनेका छन्।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४, १७:०७:५०