राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारका कर्मचारीहरुको सुशासन अनुगमन गरेको छ।
आयोगले बिहीबार दिउँसो ३ बजे विभिन्न ६ मन्त्रालय/विभागमा गरेको अनुगमनका क्रममा २२६ कर्मचारीले अनुशासन पालना नगरेको पाइएको छ।
अर्थ मन्त्रालय, मुद्रण विभाग, रेडियो नेपाल, खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुगमन गरिएको सतर्कता केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिए।
जसअनुसार समयमा उपस्थित नभएका वा समय पालना नगरेका कर्मचारीको संख्या १६९ रहेको केन्द्रले जनाएको छ।
३२ कर्मचारीले विदा स्वीकृत नगराई अनुपस्थित भएका थिए। १४ कर्मचारीले पोशाक नलगाएको तथा ११ कर्मचारी ‘सिट’मा नरहेको भेटिएको सतर्कताले जनाएको छ।
अनुपस्थित वा समय पालना नगर्नेमा मुद्रण विभागका कर्मचारी सबैभन्दा बढी छन्। विदा स्वीकृत नगराई कार्यालय अनुपस्थित हुनेमा रेडियो नेपालका कर्मचारी सबैभन्दा धेरै २९ छन्।