नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले फुर्सदमा छन्।
कोरोनाभाइरस सतर्कता अपनाउने भन्दै प्रचण्डले केही दिनदेखि भेटघाटलाई पनि स्थगित गरेका छन्।
उनको सचिवालयका अनुसार अत्यावश्यक बाहेक उनले हाललाई भेटघाट स्थगित गरेका हुन्। फुर्सदका बेला प्रचण्ड के गर्छन् त? प्रचण्ड आइतबार साइकल कुदाउँदै थिए।
जीवन आचार्यले प्रचण्डले साइकल चलाएको फोटो/भिडिओ फेसबुकमा राखेका छन्। ‘सेल्फ क्वारेन्टाइनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ। शारीरिक व्यायामले ईम्युनिटी पावर बढाइ कोरोनाविरुद्ध लड्न मद्दत पुर्याउँछ,’ आचार्यले लेखेका छन्।