जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले संसदको रोष्ट्रममै मौनधारण गरेका छन्। सभामुख निर्वाचनका लागि भएको छलफलमा बोल्दै राउतले रोष्ट्रमबाट मौनधारण गरेका हुन्।
उनले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली दिन अरू सांसदलाई पनि मौन धारण गर्न भनेका थिए।
राउतले रोष्ट्रममा मौनधारण गरेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उनको दलका सांसदहरू, नेपाली कांग्रेस र अरू केही सांसदहरूले पनि उठेर मौनधारण गरेका थिए।