लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सभामुखको निर्वाचनमा कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिने भएको छ।
सभामुखको उम्मेदवारको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लोसपाका सांसद शरतसिंह भण्डारीले आफूहरू प्रतिपक्षमा रहेकाले सभामुखमा न्यौपानेलाई समर्थन गर्नेस्पष्ट पारे।
‘हामी प्रतिपक्षमा छौं। प्रतिपक्षीको भूमिका निर्वाह गर्दै नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रस्ताव गर्नुभएको सभामुखको उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने हाम्रो निर्णय भएको छ’, उनले भने।