१८ जना स्ववियु सभापतिहरूले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान आंगिक क्याम्पस स्नातक तहमा भएको शुल्कवृद्धि फिर्ता लिन माग गरेका छन्।
३ लाख १८ हजार रुपैयाँ शुल्क रहेकोमा संस्थानले वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्याएपछि विद्यार्थीहरू आन्दोलनमा छन्।
स्ववियु सभापतिहरूले संस्थानलाई शुल्कवृद्धि फिर्ता लिन माग गरेका हुन्।
संयुक्त विज्ञप्ति निकालेर १८ जना स्ववियु सभापतिहरूले विद्यार्थीले सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने बताएका छन्।
‘इन्जिनियरिङ अध्ययन संस्थानले १४४% शुल्कवृद्धि गरी ३ लाख १८ हजार बाट ७ लाख ७५ हजार ४ सय २० पुर्याएकोमा हामी सबैको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनीहरूले भनेका छन्।
स्ववियु सभापतिहरूले विश्वविद्यालयभित्र शैक्षिक माफियातन्त्र हाबी भएको आरोप पनि लगाएका छन्।
‘अस्वाभाविक शुल्कवृद्धि विरूद्ध पुल्चोक इन्जिनियरिङ क्याम्पस नेविसंघ सभापति सुलभ चापागाई भदौ ४ गतेदेखि अनसन बसेका छन्। उनको जीवन रक्षका लागि त्रिवि र नेपाल सरकारसँग अनुरोध गर्दै शुल्कवृद्धि यथाशीघ्र फिर्ता लिन माग गर्दछौं।’
यस्तो छ विज्ञप्ति:

