नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकमा देखिएको अप्ठ्यारोलाई समाधान गरिने बताएका छन्।
उनले नेपाल असफल राष्ट्र हुन नदिइने पनि बताए।
सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै खड्काले भने, ‘सबै दलहरू र सिंगो नेपालीलाई साथमा लिएर जनताको निराशालाई आशामा रूपान्तरण गर्छौं। सामाजिक, धार्मिक, जातीय र क्षेत्रीय सद्भावका लागि नवीन अभियान चलाउँछौं।’
उनले नेपाललाई एकताबद्ध गरेर लगिने पनि बताए। ‘नेपाल असफल राष्ट्र हुँदैन, कांग्रेसले असफल राष्ट्र हुन दिँदैन,’ उनले भने, ‘कांग्रेसले नेपाललाई दुर्घटनामा जान दिँदैन, हामी गर्न सक्छौं, सम्भव छ।’