नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित कार्यकक्ष पुगेर महासचिव गुटेरेसले राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग मंगलबार अपराह्न भेटवार्ता गरेका हुन्।
यस्तै महासचिव गुटेरेसले उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गरेका छन्।

गृह मन्त्रालयमा मंगलबार अपराह्न उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो।
महासचिव गुटेरेसले आज संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।