नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमालेको चियापानमा नजाने भएका छन्।
उनी निर्वाचन क्षेत्रको कार्यक्रममा रौतहटमा रहेकाले एमालेको चियापानमा नजाने भएका हुन्।
नेपाल बिहान रौतहट गएका हुन्।
‘गृहजिल्लामा पार्टी कार्यक्रम रहेकाले उहाँ उतै हुनुहुन्छ,’ नेकपा एकीकृत समाजवादीका नेता मोहन गौतमले भने।
नेपालसहित एकीकृत समाजवादीका नेताहरूलाई एमालेले पहिलोपटक औपचारिक निम्तो पठाएको थियो। नेपाललाई एमालेले पूर्वप्रधानमन्त्रीको हैसियतमा निम्तो दिएको थियो।
तर नेपाल भने आजै पार्टी कामका लागि भन्दै रौतहट गएका हुन्। नेता गौतमले गृहजिल्लामा पूर्वनिर्धारित कार्यक्रम भएकाले छोड्न नमिलेको बताए।