नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले आफूहरूको सहमति बेगर नै मुख्यमन्त्रीले सरकार विस्तार गरे सरकारमा नबस्ने बताएका छन्।
एमालेको सहयोगमा कांग्रेसबाट विद्रोह गरेर कोशीको मुख्यमन्त्री बनेका केदार कार्कीलाई एमालेले गठबन्धनका अन्य दललाई सरकारमा सामेल नगराउन भन्दै आएको छ। तर, मुख्यमन्त्री कार्कीले आज माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्रीको शपथ गराउने तयारी गरेका छन्।
यसबारे आफूहरूलाई केही जानकारी नभएको पूर्वमुख्यमन्त्री कार्कीले जानकारी दिए।
‘हामीलाई केही जानकारी छैन’, उनले भने, ‘यदि हाम्रो सहमति बेगर सरकार विस्तार भयो भने हामी बस्दैनौं। हेरौं मुख्यमन्त्रीले के गर्नुहुन्छ।’