कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धारकार्य तिब्र बनाउने निर्णय गरेको छ।
शनिबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक वैठकले उद्धारतथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने, सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकराका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए।
‘उद्दारका लागि सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको छ, आवश्यकता अनुसार बजेट खर्च गरेर सोधभर्ना गर्नेगरि बजेट खर्चसम्बन्धि व्यवस्था मिलाईएको छ,’ उनले भने।
मन्त्री जिसीका अनुसार प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एअरवेशमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि भईरहेको छ।