नेपाली कांग्रेसले भूकम्प पीडितको सहयोगका लागि ५० लाख रूपैयाँ दिने भएको छ।
कांग्रेसले शनिबार विज्ञप्ति निकालेर भूकप्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा ५० लाख रूपैयाँ राख्ने निर्णय भएको जानकारी दिएको हो।
यस्तै, कांग्रेसले सरकार, राजनीतिक दल र संघसंस्थाहरूलाई घाइतेहरूको उद्धार तथा प्रभावितहरूको सहयोगमा सहभागी हुन अपिल पनि गरेको छ।
गएरातिको भूकम्पका कारण जाजरकोट र रूकुममा गरी १३३ जनाको मृत्यु भइसकेको भने १४० जना घाइते भएका छन्।