जाजरकोट केन्द्र भई गएको भूकम्पबाट घाइते भएकाहरूको उपचारमा सहयोग पुर्याउन नेपाल तरूण दलले रक्तदान कार्यक्रम गर्ने भएको छ।
तरूण दलले सोमबार ११ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा रक्तदान कार्यक्रम गर्ने तय भएको केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलले जानकारी दिए।
साथै तरूण दलले भूकम्पपीडितका लागि सहयोग गर्न आन्तरिक रूपमा आर्थिक सहयोग अभियान पनि सुरू गरेको छ। अध्यक्ष विद्वान गुरूङले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
यस्तै सञ्जय लामाले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। आर्थिक सहयोग संकलन जारी नै रहेको तरूण दलले जनाएको छ।