भूकम्प पीडितलाई नेपाली कांग्रेसका नेताहरू जिपछिरिङ लामा र दिब्यमणि राजभण्डारीले आर्थिक सहयोग गर्ने भएका छन्।
कांग्रेसमार्फत लामाले ११ लाख रुपैयाँ र राजभण्डारीले ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका हुन्। राजभण्डारीले सभापति शेरबहादुर देउवामार्फत् सरकारी कोषमा पाँच लाख रुपैयाँ उपलब्ध गराइसकेका छन्।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भूकम्प पीडितलाई सहयोगका लागि पार्टीले ५० लाख रुपैयाँ सरकारी कोषमा हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ।
साथै नेताहरू लामा र राजभण्डारीले पनि सहयोगको प्रतिबद्धता जनाएको उनले बताए। ‘पार्टीले ५० लाख दिने निर्णय गरिसकेको छ। यो रकम पर्याप्त होइन त्यसैले पार्टी संगठनभित्रका सदस्यहरूलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ,’ उनले भने।