राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्ला जाने भएका छन्।
राष्ट्रपति पौडेल मंगलबार बिहान जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेल भूकम्पपछिको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरमा जाजरकोट र रूकुम पश्चिम जान लागेका हुन्।
गत शुक्रबार राति जाजरकोट केन्द्र भएर भूकम्प जाँदा जनधनको क्षति भएको थियो।
राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि हुने युरोप भ्रमण पनि स्थगित गरेका छन्।