काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जाजरकोट र रूकुम पश्चिममा इन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिए सम्पर्क गर्न आग्रह गरेका छन्।
सोमबार मेयर बालेनले फेसबुकमा स्ट्याटस राख्दै जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई राहत सामग्री पठाएको जानकारी दिएका छन्।
'महानगरपालिकाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई राहत सामग्री पठाउँदै छ,' उनले लेखेका छन्, 'थप इन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिएमा काठमाडौं महानगरपलिकालाई सम्बन्धित निकायले सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं।'


