राष्ट्रपति रामचन्द्र पाैडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतलाई भूकम्पपीडित घाइतेको प्रभावकारी ढंगले उपचार गर्न आग्रह गरेका छन्।
भूकम्पबाट घाइते भएकाहरूको शीघ्र उपचार सेवामा कुनै कसर बाँकी नराख्न राष्ट्रपतिले आग्रह गरेका हुन्।
बुधबार शितल निवासमा राष्ट्रपतिले मन्त्री बस्नेतसँग कुराकानी गर्दै काठमाडौंलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्प प्रभावितहरूकाे प्रभावकारी ढंगले उपचार हुनुपर्ने बताए।
राष्ट्रपति पाैडेलले उपचार प्रक्रियालाई सहज, सरल, प्रभावकारी र गुणस्तरीय बनाउन पनि आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
अस्पतालहरूकाे स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीकाे व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका बारेमा पनि राष्ट्रपतिले चासो राखेका थिए।
चिसो बढेसँगै देखापर्ने विभिन्न राेगकाे उपचारका लागि पनि बेलैमा आावश्यक तयारी गर्न राष्ट्रपतिले आग्रह गरेका छन्।