कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्यलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले आचार्यलाई उपाध्यक्ष नियुक्त गरेको हो।
विराटनगर महानगर ८ का बासिन्दा आचार्यलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो।
राजनीतिक विश्लेषकका रूपमा परिचय बनाएका आचार्य कांग्रेसभित्र शेखर कोइराला समूहका निकट मानिन्छन्। कोइराला पक्षका नेता केदार कार्की अहिले मुख्यमन्त्री छन्।
आचार्यले कांग्रेसको तत्कालीन सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सचिवालयमा पनि काम गरिसकेका छन्।