आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ।
प्रतिनिधि सभातर्फ राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ भने राष्ट्रिय सभा तर्फको राष्ट्रिय सरोकर तथा समन्वय समितिको बैठक बस्दैछ।
बिहान साढे ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका लागि सुरक्षण मुद्रण विधेयकबारे छलफल गर्ने कार्यसूची छ।
शिक्षा, तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ।
समितिको सभाकक्षमा बस्ने बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल हुने कार्यसूची छ।
दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक प्रादेशिक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ।