संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम अनुमोदन गरेको छ।
प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीहरू नाम बैठकले अनुमोदन गरेको हो।
उनीहरूलाई न्याय परिषदको गत असोज २० गतेको बैठकले न्यायाधीश नियुक्ति सिफारिस गरेको थियो।
उनीहरूविरूद्ध कात्तिक ९ गते उजुरी आह्वान भएको थियो भने बिहीबारसम्म उजुरी दिने समय थियो।
प्रस्तावित न्यायाधीशविरूद्ध १३ जनाले उजुरी दिएका थिए। उजुरीकर्ताहरूले प्रस्तावित न्यायाधीशहरूविरूद्ध संयुक्त र फरक-फरक रूपमा उजुरी दिएका दिए।
शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको सुनुवाइ भएको थियो।