बाढीले थातथलो बगाएपछि पर्वतको फोर्सेवासीलाई न दसैँले छोयो, न तिहारको रौनक छ।
गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीले उक्त ठाउँ बगरमा परिणत छ।
पर्वतको जलजला गाउँपालिका–८ मा पर्ने फोर्से बजारका ७५ घर–टहरा बाढीले बगाएपछि सयौँ नागरिक घरबारविहीन बनेका छन्। उच्च जोखिममा रहेका २७ घरका स्थानीय घर मर्मत गरेर बस्न थालेका छन्।
बाढीले घर बगाएपछि बजारमाथि टेन्टमा बस्दै आएका पीडित चिसो बढेपछि आफन्त र कोठा भाडामा लिएर सर्न थालेका छन्।
बाढीबाट यहाँका करिब ३ सय जना प्रभावित भएका थिए।
प्रभावितलाई अस्थायी रुपमा टेन्टमा राखिएको थियो। अहिले घरविहीन भएका सरकारको सहयोगको आशमा छन्।
सामान्य क्षति पुगेको घरमा मर्मत गरेर बसेका स्थानीय रातिमा निदाउन सक्दैनन्। कतिबेला बाढी आएर बगाउँछ कि भन्ने त्रास उनीहरूमा छ।
केही पीडित दसैँअगावै टेन्ट छोडेर गएका थिए भने केहीले दसैँपछाडि छोडे। बाढीले घर बगाएपछि आफन्तकहाँ आश्रय लिँदै आएका टीकाराम क्षेत्रीले घरसँगै भाडाकुँडा, लत्ता कपडासहित सबै सामान बगाएको सुनाए।
बाढीलगत्तै दसैँतिहार आएको भन्दै पैसा नहुँदा बच्चालाई मीठोमसिनो खुवाउन र नयाँ कपडा किनिदिन नसकेको उनले दुःखेसो पोखे।
‘घरसँगै हाम्रो सबै सम्पत्ति बाढीले बगायो। अहिले आफन्तको घरमा सिंगो परिवार नै बसेका छौँ,’ क्षेत्रीले भने, ‘दसैँ आयो, गयो। फेरि तिहार आयो। साना छोराछोरी छन्। उनीहरुले राम्रो लगाउने, मिठो खाने भन्छन्। पैसा छैन कहाँबाट लिएर उनीहरुलाई मिठो खुवाउने ? नयाँ लुगा किनिदिने ? निकै पीडा पर्यो।’
अर्का बाढीपीडित चन्द्रा कुमारी फगामी मगरले टेन्टमा बस्दा जाडोले बिरामी परेपछि बजारको एक घरमा कोठा भाडामा लिएको सनाइन्।
घरको आधाभन्दा बढी भाग बाढीले बगाएपछि घर बस्नै नमिल्ने अवस्थामा रहेको उनको भनाइ छ।
विभिन्न संघसंस्थाले दिएको खानेकुरा खाइरहेको भन्दै कपडासमेत घरबाट निकाल्न नपाएको फगामीले बताइन्।
‘अब कहाँ बस्ने ? कहाँ जाने ? भएको यही घर थियो। त्यही पनि बाढीले बगाइदियो। हाम्रो त एक टुक्रा जमिन पनि छैन,’ उनले गहभर आँसु बनाइन्।
सरकारले बस्ने घर बनाइदिए अरू केही चाहिने उनले बताइन्। ‘सरकारले बस्नलाई सानो–सानो घर बनाइदिए हामीलाई केही चाहिने थिएन। बुढेसकाल लाग्यो, काम गर्न पनि सकिँदैन। यस्तो बेला बाढीले बेघरबार बनायो,’ उनले सुनाइन्।
बाढीपीडित रामप्रसाद सुवेदीले अहिलेसम्म सरकारबाट कुनै सहयोग प्राप्त नभएको गुनासो गरे।
व्यक्ति र संस्थाबाट राहत पाएको उनले बताए। बाढीले सयौँ स्थानीयको बिचल्ली हुँदा पनि राज्य मुकदर्शक बनेको उनको भनाइ छ। पीडितको दीर्घकालीन व्यवस्थापन हुनुपर्ने उनको माग छ।
बाढीले पुरानो बजारको आधाभन्दा बढी क्षेत्र बगाएको उनले सुनाए।
तस्बिरहरूः
-ink-1794029093.jpeg)
-ink-1794029092.jpeg)
-ink-1794029092.jpeg)
-ink-1794029092.jpeg)
-ink-1794029092.jpeg)
-ink-1794029092.jpeg)
-ink-1794029092.jpeg)
-ink-1794029092.jpeg)
-ink-1794029090.jpeg)
-ink-1794029090.jpeg)
-ink-1794029091.jpeg)
-ink-1794029091.jpeg)
-ink-1794029091.jpeg)
-ink-1794029091.jpeg)
-ink-1794029090.jpeg)
-ink-1794029090.jpeg)
-ink-1794029090.jpeg)
-ink-1794029090.jpeg)
-ink-1794029089.jpeg)
-ink-1794029089.jpeg)
-ink-1794029089.jpeg)
-ink-1794029089.jpeg)
तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी