नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनकारी शक्तिहरू मिलेर अघि बढ्नुपर्ने बताएका छन्।
राजनीतिक परिवर्तनका लागि काम गरेका दलहरू मिल्न नसके आगामी दिन सहज नहुने उनको भनाइ छ।
दलहरू मिलेर अघि बढ्दा नै आन्दोलनहरू सफल भएको उनले बताए।
मकवानपुरको हेटौंडामा बिहीबार 'समुदायमा कांग्रेस अभियान' अन्तर्गत भएको बोल्दै उनले परिवर्तनकारी शक्तिहरू मिलेर अघि बढ्नुपर्ने बताए।
‘परिवर्तनकारी दलहरू मिलेर अघि बढ्नुपर्छ,’ उनले भने।
सिंहले स्थानीय तहलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए। कानुन अभावमा स्थानीय तहले प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो।