नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दैछ।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक हुनेछ।
शुक्रबार दिउँसो २ बजे बस्ने गरी संसदीय दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। यही माघ २२ गतेदेखि संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक सुरू हुँदैछ।
सरकारले संसदमा विभिन्न विधेयक पेश गर्ने तयारी गरेको छ। ती विधेयकहरूलगायत विषयमा कसरी अघि बढ्ने भन्नेबारे कांग्रेसले सांसदहरूसँग छलफल गर्न लागेको हो।