प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बिहान छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।
‘अहिले छलफल जारी छ, संसद्को हिउँदे अधिवेशन सुरू हुँदैछ। यो अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर प्रधानमन्त्री छलफलमा हुनुहुन्छ, त्यहीअनुसार विभिन्न नेताहरूसँग औपचारिक, अनौपचारिक कुराकानी गर्नुहुन्छ,’ उनले भने।
संसद्को हिउँदे अधिवेशन माघ २२ गते अपराह्न ४ बजेबाट सुरू हुँदैछ।