नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपलामा हेर्दाहेर्दै कस्तो सरकार बन्यो? भन्दै प्रश्न समेत गरेका थिए। उहाँले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको उनको आरोप थियो । वर्तमान सरकार गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको अध्यक्ष ओलीको टिप्पणी थियो।
अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप समेत लगाए।
‘अहिले सरकार यस्तो छ, आजबाट स्काउटको अधिवेशन हुने भनेर विदेशीहरू पनि आए,’ उनले भने ‘स्काउट एउटा स्वतन्त्र संस्था हो। मानका लागि त्यहाँ प्रधानमन्त्रीलाई संरक्षक भनेको हुन्छ। संरक्षकले निर्देशन दिन सक्नेछन् भनेको हुन्छ। निर्देशन दिने भनेको भताभुंग पार्न निर्देशन दिने भनेको होइन।’
अध्यक्ष ओलीले सरकारले उदण्डता देखाएको पनि बताएका छन्।