प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ।
सरकारले हिउँदे अधिवेशन डाकेकाले संसद्लाई कसरी प्रभावकारी बनाउने भनेर छलफल गर्न बैठक आह्वान भएको सचेतक महेश बर्तौलाले जानकारी दिए।
बैठक शनिबार र आइतबार मध्याह्न १२ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने सचेतक बर्तौलाले बताए।
‘सरकारले बिजनेश दिन सकेको छैन। अघिल्लो अधिवेशनमा संसद् गतिशून्य बन्न पुग्यो,’ उनले भने, ‘आगामी अधिवेशनलाई प्रभावकारी बनाउन छलफल गर्न लागेका हौं।’
संसद्को हिउँदे अधिवेशन माघ २२ गते अपराह्नबाट सुरू हुँदैछ।