भारत भ्रमणमा रहेको नेपाली सांसदको टोलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरेको छ।
नेपाली सांसद टोलीसँगको भेटमा दुई पक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल भएको विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू भारत भ्रमणमा छन्।
भारतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निम्तोमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरूको टोली साताव्यापी भ्रमणका लागि दिल्ली पुगेको छ।
सांसदको टोलीले गोवा र लखनऊको पनि भ्रमण गर्ने सभापति यादवले बताए।