नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन्।
रुपन्देहीमा शनिबार आयोजित कार्यक्रममा उनले सरकारका गलत कामकारबाहीका कारण देश अप्ठ्यारो अवस्थामा पुगेको बताएका हुन्।
उपाध्यक्ष पौडेलले राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने दाबीसमेत गरे ।
‘अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ,’ उनले भने।
उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनुपर्ने र ट्र्याकमा ल्याउनुपर्ने चुनौतिपूर्ण परिस्थिति रहेको बताए। (न्युज एजेन्सी नेपालबाट)