लुम्बिनी प्रदेश सरकारले आइतबार स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको माघ २१ गतेलाई प्रदेश स्थापना दिवस मनाउने निर्णय गरिएको छ।
दिवसका अवसरमा विभिन्न औपचारिक कार्यक्रमहरु आयोजना गरिएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगाएतले सम्बोधन गर्नेछन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम छ।
मुख्यमन्त्री चौधरीले संघीयताको मर्म, भावना र उदेश्यलाई परिपूर्ति गर्न दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले प्रदेशले पूर्ण अधिकार प्राप्त गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको दिनदेखि संघीयता थप सबल बन्ने आशा व्यक्त गरे ।
प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्दै प्रदेशप्रति जनताको आशा र भरोसा बचाउन संघीयताको मूल मर्म बुझ्नु पर्ने बताएका छन्। अझै जनमुखी, जनउत्तरदायी भई काम गर्नु पर्ने आवस्यकता औल्याउँदै उनले शुन्य संरचनाबाट शुरु भएको लुम्बिनी प्रदेश सभा र सरकारले तीव्र गतिका साथ काम थालेको बताएका छन् ।
सरकारले सेवा स्थायी राजधानी राप्ती उपत्यका देउखुरी प्रारम्भ गर्नु पनि उपलब्धीको विषय रहेको उनले बताए।