नेकपा (एमाले) धादिङका अध्यक्ष भूमि त्रिपाठीले नवौं जिल्ला अधिवेशनको बन्द सत्र जारी रहेको बताएका छन्।
त्रिपाठीका अनुसार आइतबार बन्द सत्र चलिरहेको छ।
‘बन्द सत्र सञ्चालन भइरहेको अवस्थामा केही अनधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनेर सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति एमाले धादिङको गम्भीर ध्यानाकर्षण भएको छ,’ त्रिपाठीले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
उनले बन्द सत्रको कार्यक्रम चलिरहेको बताएका छन्।
यो पनि: एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँच्चियो
एमाले धादिङको जिल्ला अधिवेशनमा कुटाकुट भएको थियो। प्रतिनिधि मनोनयमा विवाद हुँदा अधिवेशन कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँच्चिएको बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्तिमार्फत् जनाएका थिए।
शनिबार साँझ भएको बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का भएको र सन्तोष खनालको हात भाँच्चिएको ढुंगेलले बताएका थिए।
यस्तो छ विज्ञप्ति:
