जनमत पार्टीको सचिवालय बैठक जारी छ।
सत्ता साझेदार दल जनमतको सचिवालय बैठक बिहान साढे दस बजेदेखि पार्टी केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बसिरहेको सचिव बिपी साहले जानकारी दिए।
‘खास कार्ययोजना त छैन, समसामयिक विषयमा छलफल गर्न बैठक सचिवालयको बैठक बसेका हौं,’ उनले भने।
पछिल्लो समय जनमत सत्ता गठबन्धनसँग रूष्ट छ। राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार बाँडफाँटमा भाग नपाएपछि ऊ रूष्ट भएको हो।
मधेश प्रदेशमा जनता समाजवादी पार्टीसँगको टकरावका कारण ऊ त्यहाँ सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
संघीय सरकारबारे पनि पुनःविचार गर्ने उसले बताउँदै आएको छ।
यद्यपि आजको बैठकमा त्यसबारे छलफल गर्ने कार्यसूची नरहेको सचिव साहले बताए।
जनमत पार्टीको सचिवालय १७ सदस्यीय छ।