राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले क्रिकेट खेलाडीलाई एक वर्षअघि घोषणा गरिएको रकम अहिलेसम्म नदिएर सरकारले उनीहरूमाथि भद्दा मजाक गरेको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पराजुलीले प्रधानमन्त्रीकै उपस्थिति र सक्रियतामा वर्षदिन अघि राष्ट्रिय क्रिकेट टोली र अन्डर १९ टोलीलाई घोषणा गरिएको पुरस्कार राशी अहिलेसम्म प्रदान नगरेर उनीहरूमाथि सरकारले उपेक्षा गरेको बताएका हुन्।
पराजुलीले जनप्रतिनिधिदेखि सांसद र मन्त्रीहरुले समयमै तलब र भत्ता नपाएको भन्ने कहिल्यै नसुनेको बताए।
‘तर राज्यसँग पैसा छैन भनेर खेलाडीलाई घोषणा गरिएको पुरस्कार राशी पनि उपलब्ध गर्न नसक्नु कतिसम्म लाजमर्दो कुरा हो?,’ उनले प्रश्न गरे।