स्वतन्त्र सांसद अमरेशकुमार सिंहल बेथितिको मूल जरो नै सरकार रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सिंहले सरकार र सरकार चलाउने राजनीतिक दलको संरक्षणमा देशका तमाम सार्वजनिक तथा सरकारी सम्पत्ति लुटिएको बताएका हुन्।
बाँसबारी छाला जुत्ता कारखाना त्यसको ज्वलन्त उदाहरण भएको उनले बताए। त्यसमा संलग्नलाई प्रहरीले पक्राउ गरेपनि दुई घन्टामै प्रधानमन्त्रीदेखि सत्ता गठबन्धनका दलहरूले तारान्तार प्रहरीको आइजीलाई फोन गरेर छुटाउन दबाव दिएको उनले बताए।
‘किनकी हामी त्यही व्यापारीको पैसा खाएर बँचिरहेका छौं। हामी त्यही देश बेचेर पार्टी चलाइरहेका छौं,’ उनले भने।
उनले गठबन्धनकै नेताहरूको संलग्नतामा बाल मन्दिरको जग्गा कब्जा गरिएको बताए। उनले राजनीतिक दलहरू खडा गरेर देश लुट्नलाई सत्ता प्राप्त नभएको पनि बताए।
सिंहले एनसेलको काण्डदेखि पोखरा विमानस्थलसम्म लुट मच्चिएको बताए।
सरकारले विभिन्न छानबिन प्रतिवेदनहरू सरकारले सार्वजनिक नगरी कार्पेटमुनि राख्ने गरेको पनि बताएका छन्।