प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब पुनर्गठन हुने मन्त्रिपरिषदमा तामाङ समुदायबाट एकजनालाई मन्त्री बनाउने घोषणा गरेका छन्।
सोनाम ल्होसारको अवसरमा काठमाडौं आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन कुनैपनि हालतमा हुने र त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने बताएका हुन्।
‘आज यो मञ्चबाट के कुरा घोषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रिमण्डलको जतिबेला पुनर्गठन हुन्छ पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘पुनर्गठन त हुन्छ नै । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ। यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु। तपाईं लाखौं जनसमुदायको अगाडि मैले यो कमिटमेन्ट गरेको छु।’
प्रधानमन्त्री प्रचण्डले यो कुरा आफूले गतवर्ष पनि भनेको बताउँदै त्यतिबेला प्रदेशमा बनेको बताए।
‘मन्त्री त बन्नु भयो, प्रदेशमा बन्नुभयो । र त्यतिबेला संघमा पनि मन्त्री बनाउने कुरा भएको थियो,’ प्रधानमन्त्री प्रचण्डले भने।
उनले पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई चिनेर त्यसको वरिपरि गोलबन्ध हुन अपिल समेत गरे।
त्यसो हुँदा माओवादी पुन शक्तिशाली हुने र पहिचान र अधिकारसँग सम्बन्धित आन्दोलनका बाँकि उपलब्धहरु हामी प्राप्त हुने प्रधानमन्त्री प्रचण्डले दाबी गरे।