नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।
बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा बैठक बस्ने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा र छलफल हुने उनले बताए।
त्यस्तै समसामयिक राजनीति र फागुन १ देखि सुरू हुने विधान सम्मेलनबारे बैठकमा छलफल हुने साहले जानकारी दिए।
केन्द्रीय कमिटीको बैठक भोलिपनि बस्नेछ।