नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार फागुन ३ गते बिहीबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो।
महासमिति बैठकबारे केन्द्रित रहेर छलफल हुनेछ।
कांग्रेसले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्दैछ। महासमिति ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ।
![423147470_757868002910313_1007051236525433502_n-1707650353.jpg](https://www.setopati.com/uploads/posts/423147470_757868002910313_1007051236525433502_n-1707650353.jpg)