नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य शंकरनारायण श्रेष्ठ एमाले प्रवेश गरेका छन्।
उनीहरूलाई मंगलबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका हुन्।
प्रतापलाल तनहुँका पुराना नेता मानिन्छन्। उनी २०६४ को संविधान सभा निर्वाचनमा एमालेबाट उम्मेदवार पनि थिए।
एमाले तनहुँका सचिवसमेत भइरहेका प्रतापलाल पछिल्लो समय समाजवादीमा लागेका थिए।
शंकरनारायण पनि तनहुँकै नेता हुन्।