नेकपा (एमाले) ले सातौं केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ। फागुन ८ गतेदेखि बोलाउने तयारी भइरहेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनकाअनुसार बुधबार बसेको कार्यालयको बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव तयार पारेको हो।
‘फागुन ८ गतेदेखि बोलाउने प्रस्ताव गरिएको छ। बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यायलमा बस्ने बैठकले मितिबारे निर्णय गर्नेछ। बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची पनि तय गर्नेछ,’ उनले भने।
एमालेले सरकारविरूद्ध आन्दोलनको तयारी पनि गरेको छ। जिल्ला अधिवेशन, तहगत कमिटीहरूमा प्रशिक्षण भेला गरिरहेको एमालेले सातै प्रदेशमा विरोध सभाको तयारी गरेको छ।
यसबारे केन्द्रीय कमिटीले निर्णय लिने पनि एमालेले बताएको छ।