शुक्रबार प्रतिनिधि सभाअन्तर्गत् दुई वटा समितिको बैठक बस्दैछ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक शुक्रबा बिहान ११ बजे सिंहदरबारमा बस्ने छ।
त्यस्तै, शिक्षा स्वास्थ्य सूचना प्रविधि समितिको बैठक पनि आजै पनि बस्दैछ।
बैठक शुक्रबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित गर्ने कार्यसूची रहेको छ।
अध्ययन उपसमितिले सम्बन्धित मन्त्रालय, सरोकारवाला, विज्ञ एवं संशोधनकर्ता सांसदहरूसँग छलफल गरेर प्रतिवेदन तयार पारेको हो।
शिक्षा स्वास्थ्य सूचना प्रविधि समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने सचिवालयले जानकारी दिएको छ।