राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ईन्जिनियरहरूको राष्ट्रिय प्रजातान्त्रिक ईन्जिनियर्स एशोसियशन गठन भएको छ।
शुक्रबार काठमाडौंमा बसेको राप्रपा निकट विभिन्न विधाका इन्जिनियर्सहरूको प्रथम भेलाले अमित ढुंगानाको नेतृत्वमा राष्ट्रिय प्रजातान्त्रिक ईन्जिनियर्स एशोसियशन गठन गरेको हो।
१५ सदस्यीय कार्यसमितिमा विजयराज भण्डारी उपाध्यक्ष, साहिल दाहाल सचिव, प्रकाश खरेल कोषाध्यक्ष र सजिना कार्की सहसचिव छन्।
सदस्यहरूमा उपेन महत, दिपा श्रेष्ठ, सविता महत, गम्भीरजंग खड्का, गोपीकृष्ण चौलागाईं, सुनिलकुमार महतो, आयुष जिसी, सरोज रजड, विनायक रेग्मी र लालसिंह धामी छन्।