प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग सांसदहरूले प्रश्न गर्नेछन्। सांसदहरूका प्रश्नमा प्रधानमन्त्री दाहालले जवाफ दिने कार्यक्रम छ।
त्यसअघि सभामुख देवराज घिमिरेसँग समय मागेर विभिन्न दलका सांसदहरूले विभिन्न विषयमा धारणा राखेका छन्। सांसदहरू उठान गरेका विषय सात दिनभित्र मन्त्रीहरूले जवाफ दिनुपर्ने सभामुख घिमिरेले बताए।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदले बालकुमारी घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन्।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम एक घण्टा चल्ने सभामुख घिमिरेले बताए।
लाइभ: