बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक चल्दा चल्दै सभापति शेरबहादुर देउवा र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटार गएर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेका छन्।
प्रधानमन्त्री प्रचण्डलाई करिब आधा घन्टा भेटेर उनीहरू देउवा निवास बूढानिलकण्ठ पुगेर पुनः बैठकमा सामेल भएका छन्।
महासमितिमा पेस गर्ने महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा अबको चुनावमा कांग्रेसले गठबन्धन गर्न नहुने कुरा उल्लेख छ।
प्रस्तावमा रहेको यो कुरा हटाउन देउवाले अडान राखेर निरन्तर छलफल गरिरहेका छन्।
स्रोतका अनुसार देउवा र खड्काले महामन्त्री थापाको प्रस्तावमा रहेको गठबन्धन सम्बन्धी कुरामा प्रधानमन्त्रीसँग कुरा गरेका छन्।