कांग्रेस महासमितिको बन्दसत्र बिहान ९ बजेबाट ललितपुरको गोदावरीमा सुरू हुनेछ।
महासमिति बैठक सोमबारबाट सुरू भएको हो। सोमबार महासमिति बैठकको उद्घाटन भएको थियो।
आजबाट सुरू हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ
महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा सोमबार मध्यरातिमात्रै सहमति जुटेको छ।
सोमबार अपराह्नदेखि निवास बूढानीलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल भएको थियो।
महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति शेरबहादुर देउवा असन्तुष्ट थिए।
अन्ततः महामन्त्री थापाको प्रस्तावमा सभापति देउवा सहमत भएपछि सांठनिक प्रतिवेदन टुंगिएको हो।
यो पनि
अन्ततः गगनको प्रस्तावमा सहमति जनाए देउवाले