नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिले लिनुपर्ने थप संकल्पबारे प्रस्ताव राखेका छन्।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा फागुन ७ गतेदेखि जारी महासमिति बैठकले लिनुपर्ने थप संकल्पबारे पौडेलले प्रस्ताव राखेका हुन्।
पौडेलले ८ पृष्ठमा रहेको २८ बुँदे पुरक प्रस्ताव बुधबार महासमिति सदस्यहरूलाई बाँडेका छन्।
महासमिति बैठकमा बुधबार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रस्तावमाथि समूहगत रूपमा हुनेछ।
पौडेलले राखेका पुरक प्रस्तावमा रहेका केही महत्वपूर्ण बुँदा:
- जनताले मतदान गर्ने निर्वाचनमा कांग्रेसले निर्वाचनपूर्व अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न यो महासमितिले निर्देश गर्नुपर्दछ।
- निर्वाचनका लागि उम्मेदवार छनोट र टिकट वितरणका लागि सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारेज गर्नुपर्ने। सबै तहको नेतृत्वमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने। उम्मेदवार छनोट गर्न प्राइमरी इलेक्सन गर्ने।
- भ्रातृ संस्थाका अनिवार्य महाधिवेशन, मनोनीत बन्द गरिनुपर्ने। महाधिवेशन सकेको एक महिनाभित्र सबै विभाग र समिति गठन गरिसक्नुपर्ने।
- निष्पक्ष व्यक्तिहरूलाई सहभागी गराएर भ्रष्टाचार र अनियमिततामा जोडिएकाहरूमाथि पार्टीकै अग्रसरतामा छानबिन गर्नुपर्ने।
- केन्द्रीय सदस्यले एक महिनाभित्र सम्पत्ति र त्यसको स्रोतको स्वघोषणा गर्नुपर्ने।
- देश विकासका लागि विज्ञलाई सम्मिलित गरेर पाँच, दश र पन्ध्र वर्षे भिजन तयार गर्नुपर्ने।
- भ्रष्टाचार, यौनजन्य हिंसा, सामाजिक विभेदलगायत फौजदारी मुद्दामा आरोपित वा छानबिनमा भएको सदस्य स्वत: निलम्बिन हुने व्यवस्था गर्नुपर्ने।
पूर्णपाठ: