नेपाली कांग्रेसको महासमिति बैठकमा अहिलेसम्म करिब चार सय जना सदस्यले धारणा राखेका छन्।
चार समूहमा ५ प्रस्तावमाथि छलफल भइरहेको छ।
प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले महासमिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको बताए।
महासमिति सदस्यले आजै बोलेर सक्नेछन्। पहिले ५ मिनेट र पछि ३ मिनेटका दरले बोल्न समय दिइएको छ। कांग्रेसमा करिब २ हजार ३ सय महासमिति सदस्य छन्।
बिहीबार बिहान ८ बजे चार समूहका संयोजकहरूले केन्द्रीय पदाधिकारी लगायतलाई सुझाव सुनाउने छन्।
त्यसपछि महासमिति बैठकमा प्रत्येक प्रस्तावमाथि निर्णायार्थ पेस हुनेछ। प्रस्ताव सर्वसम्मत पारित गरिने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।
दिउँसो २:३० देखि महासमिति समापन समारोह चल्नेछ।