जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बिहान बस्दैछ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
आजको बैठक पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बोलाइएको उनले जानकारी दिए।
यस्तै, बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने पनि उनले बताए।