नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक गोदावरीमा बस्ने भएको छ।
सभापति शेरबहादुर देउवाले बिहीबार ललितपुरको गोदावरीस्थित भिलेज रिसोर्टमा बैठक बोलाएका हुन्।
महासमिति बैठकमा भएको समुहगत छलफल र समापन समारोह तयारीबारे बैठकमा छलफल हुनेछ।
महासमिति सदस्यहरूले दिएका सुझावलाई प्रतिवेदन पारित गर्दा कसरी समेट्ने भनेर छलफल गर्न गोदावरी भिलेज रिसोर्टमा बैठक बोलाइएको प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले जानकारी दिए।
बैठक केहीबेरमा सुरू हुने उनले बताए।
कांग्रेस महासमिति बैठक आज सकिँदैछ।