सत्तारूढ दल जनता समाजवादी पार्टी, नेपाल जेठमा हुने पार्टीको महाधिवेशनको तयारीमा जुटेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टीको कार्यकारिणी बैठक बसेको हो।
बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको महाधिवेशनबारे छलफल भएको बताए।
उनले राजनीतिक समिति, केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरूको कार्यान्वयनको बारेमा पनि समीक्षा हुने बताए।
उनले भने, ‘केन्द्रीय कार्यकारिणी बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको जुन ऐतिहासिक महाधिवेशन हुँदैछ, त्यसको तयारीका बारेमा छलफल हुँदैछ। राजनीतिक समिति, केन्द्रीय समितिको बैठक एक महिनाअघि बसेको थियो। त्यसले गरेको निर्देशहरू कार्यान्वयन गर्ने, महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरूको मस्यौदा समितिहरू बनाउने, भौतिक तयारीका कार्यक्रम छन्।’
उनले महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरूको मस्यौदा समितिहरू बनाउनेबारेमा पनि छलफल भएको बताए।—न्युज एजेन्सी नेपाल